फुजेल काण्डमा १३ माओवादी कार्यकर्ताविरुद्ध जन्मकैदको माग

चितवन । गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न रहेको भन्दै १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्मकैदको माग सहित मुद्दा दर्ता भएको हो ।
कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीको जाहेरीका आधारमा किटानी जाहेरी परेका ११ र प्रहरी अनुसन्धानपछि थपिएका थप दुई जनाविरुद्ध मुद्दा दर्ता भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलले जानकारी दिए ।
किटानी जाहेरीमा उल्लेख भएका छबिलाल पौडेल, भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सिता अधिकारी, राम प्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी, बिष्णु तिवारीविरुद्ध अभियोग पत्र दायर भएको हो । त्यस्तै प्रहरी अनुसन्धानका क्रममा हत्यामा संलग्न देखिएको भन्दै जानुका पौडेल र रुद्र आचार्य बिरुद्ध पनि अभियोग पत्र दर्ता भएको छ ।
यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेललाई प्रहरीले पक्राउ गरेपनि अदालतमा मुद्धा दर्ताका लागि पर्याप्त प्रमाण नपुगेको भन्दै छोडेको थियो । छविलाल पौडेल, भिष्मराज पौडेल प्रहरी हिरासतमा छन् भने आचार्य वैदेशिक रोजगारीका लागि बेलायतमा छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.