आँधी आउन थालेपछि सरकार आत्तियो (विज्ञप्ति सहित)

भारतीय उपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको भनिएको निलोफर नामक समुद्री तुफानका बारेमा सर्बसाधारणलाई सचेत गराउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो साँझ एक विज्ञप्ति जारी गर्दै निलोफर तुफानप्रति सरकारको गम्भीर ध्यानआर्षण भएको समेत जनाएको छ । बिज्ञप्तिमा भनिएको छ “हुदहुद   नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ, मुस्ताङ,  पर्वत लगायतका जिल्लाहरुमा ठुलो संख्यामा पर्यटक पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन त्यस्तै विनाशकारी निलोफर नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भीर बनेको छ ।”

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बिज्ञप्तिमार्फत सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउ“हरु मध्ये अत्यधिकवर्षा हुन सक्ने  हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी जानकारी गराउन भनेको छ ।

आवश्यक सुचनाहरु सञ्चारमाध्यममा जानकारी गराउन सरकारले आग्रह गरेको छ ।
यस्तो छ बिज्ञप्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको
प्रेस विज्ञप्ति
“हुदहुद” नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ‚ मुस्ताङ‚ पर्वत लगायतका जिल्लाहरुमाठुलोसंख्यामा पर्यटक‚पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन:त्यस्तै विनाशकारी “निलोफर” नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भिर रहेको कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनुभएको छ । यसै क्रममा उहाँले जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग यस बिषयमा छलफल गरी “निलोफर” नामको समुद्री तुफानबाट नेपालमा पर्न सक्ने सम्भावित असरका सम्बन्धमा निम्नानुसार गर्न निर्देशन दिनु भएको छ ।
(क)       सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउँहरु मध्ये अत्यधिकबर्षा हुन सक्ने‚ हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी सम्भावित जोखिम अवधि तथा स्थानको बारेमा अद्यावधिक हुने र उपरोक्त सूचना गृह मन्त्रालय‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयएवं पर्यटन सूचना केन्द्रहरु‚ सम्भावित क्षेत्रका स्थानीय प्रशासन एवं पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुलाई उपलब्ध गराउने र रेडियो‚ टेलिभिजन एवं छापा सञ्चार माध्यम मार्फत समेत सर्वसाधणलाई जानकारी गराउने‚
(ख)       यस्तो सम्भावित जोखिमको सूचना मौसम भविश्यवाणीको आधारमा दैनिक रुपमा अद्यावधि गराई नियमित रुपमाजानकारी गराउने‚
(ग)         सम्भावित जोखिमका दिनहरुमा ती क्षेत्रहरुमा पथप्रदर्शक‚ पर्यटक तथा सर्वसाधारणलाई आवतजावत नगर्न पर्यटनसँग सम्बन्धित संघसंस्था र स्थानीय प्रशासन मार्फत अनुरोध गर्ने‚
(घ)         प्राविधिक रुपमा लामो अवधिको मौसमको भविश्यवाणी गर्न कठिनाई भएमा मौसम भविश्यवाणी सम्बन्धी अन्तराष्ट्रियसंघ/संस्था एवं छिमेकी मित्र राष्ट्रहरुसँग समेत सूचना आदान प्रदान गरी सम्भावित जोखिमबाट जोगिन सजग बनाउने ।
मिति : २०७१ कार्तिक ११ गतेमंगलबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.