कता हराइन त खुस्बु ?

काठमाडौं । प्रेमी डन दिनेश अधिकारी ‘चरी’को हत्या भएको भन्दै प्रहरी विरुद्ध जाइलागेकी मोडल खुस्बु ओली पछिल्लो समय गुमनाम छिन् । प्रहरी स्रोतका अनुसार उनी अहिले बेलायत पलायन भएकी छन् । भ्दौ पहिलो सातादेखि नै खुस्बु बेलायत पलायन भएकी हुन् । स्टुडेन्ट भिसामा उनी त्यहाँ बस्दै आएको नयाँ पत्रिकामा खबर छ । खुस्बुले आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाको योजनामा प्रहरीले चरीको हत्या गरेको आरोप लगाउँदै आएकी थिइन् । अर्पण पनि हालसम्म भारतमै छन् । प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका चरीको गत २१ साउनमा भीमढुंगामा मृत्यु भएको थियो । प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दाबी गर्दै आएको महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गर्नेक्रममा चरीले गोली हानेपछि भिडन्त हुँदा उनको मृत्यु भएको बताएको छ !
 प्रहरी भन्छः सम्पत्तिको अनुसन्धान गर्दै छौं :प्रहरीले दिनेश अधिकारी चरी र खुस्बु ओलीको परिवारको सम्पत्ति छानबिन गरिरहेको छ । उनीहरुको सम्पत्तिको विवरण संकलन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीहरुले बताएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.