यसरी स्याउ फोडेर बलवान युवतीले राखिन् किर्तिमान

धातुका बार हातले बंगाएर होस् वा चेन तोडेर होस् । मोटो किताबलाई आधाआधीबाट एकैचोटीमा च्यातेर समेत सबैलाई छक्क पार्ने एक  बलवान युवतीलेपाखुराको चेँपले स्याउ फोडेर समेत किर्तिमान राखेकी छिन् ।
अमेरिकाको टेक्सासकी मामा लोउ नामकी ती युवतीले आफ्नो बाइसेपले एक मिनेटमा १० वटा स्याउ फोडेर गिनिज बुकमा नाम लेखाएकी हुन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डस्को आयोजनामा भएको इटालीको एक टेलिभिजन शो मा उनले एक मिनेटमा आफ्नो पाखुराको चेँपमा राखेर १० वटा स्याउ फुटाइन् ।
उनलाई गिनिज बुकले स्याउ फोडाइमा विश्वकिर्तिमानीको ताज दिएको छ र गिनिज बुकको सन् २०१५ को अंकमा उनी अटाउनेछिन् ।
अमेरिकाकी वलवान महिलाको नामले चिनीने मामा लोउले स्याउ फोडेको भिडियो यस्तो छ

0 comments

Write Down Your Responses

Powered by Blogger.