यस्ता छन् जस्तापाता बेच्ने अर्थमन्त्रीका पिए
काठमाडौं, अर्थमन्त्रीका भतिजो रमेश महतले नुवाकोटको कविलासको विभिन्न विद्यालयको लागि राहत स्वरुप दिइएको २७० बण्डल जस्ता बेच्न खोजेपछि तनाव जारी छ ।
स्थानियले जस्ता कब्जा गरेर राखेका छन् । उनीहरुले पक्राउ गरेको जस्ता प्रहरीलाई बुझाएका छन् ।स्थानियबासीका अनुसार रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएएका थिए भने बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए ।
उनको आदेश पछि चालकले गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरेका थिए । चालकलाई थोरै भाडामा लैजान आग्रह गरेपछि अस्वीकार गरिदिएका थिए । उनीहरुबीचको फोनवार्ता सनेपछि स्थानिय शंकाको आधारमा गाडिमा हेरेपछि जस्ता पाता फेला परेको थियो । स्थानीयले सोहि बारे जिलला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका थिए ।

विपतको यस्तो समयमा इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलास गाविसको लागि विद्यालय बनाउन दिएको जस्ता बेच्ने अर्तमन्त्रीका पिए को हुन् ।
रमेश महतको नालीबेली यस्तो छ :
नुवाकोटको क्षेत्र नम्बर २ अन्तर्गत कबिलास गावडा नम्बर ९ नम्बर घर रहेका रमेश काँग्रेसका सक्रिय कार्यकर्ता हुन् । नेपाली काँग्रेसको १२ महाधिबेशनबाट निर्वाति जिल्ला सचिव समेत रहेका उनी अर्थमन्त्री महतका हजुरबा पटिका दाजुभाइ तर्फका भतिजो हुन् । राजधानीमै बसेर नुवाकोटको राजनीति सम्हाल्दै आएका उनी जिल्लामा तस्करीलाई संरक्षण गर्ने मध्येका एक हुन् । नेपालको सबै भन्दा चेलिबेटी बेचविखन हुने नुवाकोटको घ्याङ्फेदी,शिखरबेशी लगायत दर्जन गाविस रामशरण महतको निर्वाचन क्षेत्रमा पर्दछ । सोहि निर्वाचन क्षेत्रका क्षेत्रिय प्रमुख समेत रहेका रमेश नुवाकोटमा चेलीबेटी बेचविखन गर्नेहरुको प्रमुख संरक्षणकर्ता समेत मानिन्छन् । उनले सामाजिक सञ्जालमा आफू प्रति लागेको आोपको खण्डन गरेका छन् ।

|
0 comments
Write Down Your Responses