पृथ्वी राजमार्गका ९ ठाउँ पहिरोको जोखिममा, आपूर्तिमा बाधा पुग्न सक्ने

वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढी व्यस्त पृथ्वी राजमार्गको चितवन-नागढुंगाका नौ ठाउँलाई पहिरोको उच्च जोखिममा राख्दै आपूर्तिमा बाधा पुग्ने सम्भावना औंल्याएको छ ।
darechok
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइराला संयोजकत्वको समितिले स्थलगत अनुगमनबाट भूकम्प र परकम्पका कारण पृथ्वी राजमार्गका विभिन्न नौ ठाउँमा पहिरो आउने सम्भावना बढी रहेको बताएको हो । समितिले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।
‘आपूर्तिको दृष्टिकोणले पृथ्वी राजमार्गका कुन-कुन ठाउँमा असहज हुन सक्छ भनेर स्थलगत अनुगमन गरेका थियौं ।’ वाणिज्य सचिव ङइन्द्र उपाध्यायले भने, ‘धेरै ठाउँमा पहिरो जोखिम रहेछ ।’ मन्त्रालयले पहिरोको जोखिम भएका ठाउँमा यान्त्रिक उपकरण र प्राविधिक जनशक्ति तैनाथ राख्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको कारोबारमा खबर छ ।
‘कुन निकायले के गर्नुपर्छ भनेर स्पष्ट रुपमा भनिसकेका छौं,’ उपाध्यायले भने, ‘केही समयपछि फलोअप गछौं ।’
राजमार्गका कुन-कुन ठाउँमा खतरा
·    चितवनको जलवीरे आसपास
·    चितवनको सिमलटार र फिस्लिङ
·    रामनगरको पानी ट्यांक
·    मुग्लिन-नारायणगढ सडकको खहरे खोला र कालीखोलाबीच
·    धादिङको विशालटारबाट मौवा खोला पुलसम्म
·    खास्टेखोला र मछेडीखोला पुल
·    ट्याङलाफाँटदेखि फ्याप्रे खोलासम्म
·    धार्के बजार नजिक महेशखोला पुल
·    सोप्याङ खोलाको पुल

0 comments

Write Down Your Responses

Powered by Blogger.