हत्या गरेर श्रीमानलाई जमिनमा गाडिन्, त्यहाँ बनाइन् शौचालय

woamn
मुम्बई, दैनिक हुने झगडाबाट हैरान भएर एक महिलाले एक निकै डरलाग्दो घटनालाई निम्त्याएकी छिन् । महिलाले पहिले आफ्ना श्रीमानलाई कुटीकुटी मारेकी छिन् र पछि हत्या गरेर शवलाई जमिनमा गाडेकी छिन् । यतिमात्र होइन, आफ्नो अपराध सार्वजनिक हुने डरले त्यस ठाउँमा शौचालय बनाइदिइन् ।
यो घटना भारतको मध्यप्रदेशको हो । आरोपी महिलाले हप्ता दिनसम्म आफ्नो अपराध लुकाएर राखिन् । तर आइतबार महिलाले आफैं पुलिस थाना गएर आफ्नो अपराध स्विकार गरेकी छिन् ।
महिलाको बयान पछि पुलिसले शव निकाल्नको लागि गाडेको ठाउँमा खने । उनीहरुले शवलाई एउटा ड्रममा बन्द भएको पाए । पुलिसले पोष्टमार्टमका लागि शवलाई अस्पतालमा पठाएको छ ।
पुलिसका अनुसार महिलाका श्रीमान पेशागत रुपमा ड्राइभर थिए । श्रीमान एकाएक गायब भएपछि मानिसहरुले ती महिलालाई सोध्थे । उनी केही न केही बहाना बनाउने गर्दथिन् । छिमेकीको बारम्बारको प्रश्नले डराएकी उनले अन्ततः पुलिससमक्ष आफ्नो अपराध स्विकारेकी छिन् । महिलालाई पक्राउ गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.