पसिना आएपछि जागिर चट् !

pasina
पसिना आउनु स्वास्थ्यका लागि फाइदाजन हो । यसले सरीरको तापक्रम सन्तुलित पार्ने, जिउबाट बढि भएको लवण तथा अन्य हानिकारक पदार्थहरु बाहिर फ्याँकेर सरीरलाई स्वस्थ राख्ने काम गर्छ । तर यो पसिना कहिलेकाहीँ अभिसाप बन्दो रहेछ । जिउबाट पसिना आएकै कारण एक युवतीले जागिरबाट हात धुनुपरेको छ ।
सुन्दैमा अनौठो र अपि्रय लाग्नसक्छ । विचरी ती महिला कर्मचारी, जसले जनसम्पर्क अधिकारीको पदमा जागिर खाइरहेकी थिइन्, उनकेा दोष के थियो र ? जिउबाट पसिना आउनु त प्राकृतिक कुरा हो, जसको पनि आउँछ । धेरथोर भन्ने कुरा त आफ्नो बसमा हुने कुरा भएन । तर जिउबाट धेरै पसिना आउनु नै उनका लागि अभिसाप बन्यो र ६ महिनासम्मका लागि जागिरबाट हात धुनुपर्यो ।
बेलायतको वर्कशायरकी बासिन्दा २५ वर्षकी एस्मा डी सिल्भालाई धेरै पसिना आएकै कारण हाकिम र सहकर्मीहरुले लज्जित पारेपछि उनी जागिर छाडेर विदामा बस्न बाध्य भएकी छिन् ।
pasina-2
धेरै पसिना आउने अर्थात् हाइपर हाइड्रोसिस रोगबाट पीडित एस्माको त्यो समस्या किशोरावस्थाबाट सुरु भएको थियो । सानो छँदा उति ख्याल भएन । तर जब व्यवसायिक जिवन सुरु भयो, पसिनाका कारण धेरै कठिनाइ भयो । पसिना धेरै निस्कने र दुर्गन्धका कारण हाकिम देखि सहकर्मीसम्म आफुबाट टाढा टाढा हुन थालेपछि उनमा चिन्ता बढ्यो । उनी अफिस नआइदिए हुन्थ्यो, जागिर छाडिदिए हुन्थ्यो र आफ्ना नजिक आएर नबसिदिए हुन्थ्यो भन्ने भावमा कार्यालयका सहकर्मी र हाकिम प्रस्तुत भएपछि उनी ६ महिनाका लागि जागिर छाड्न बाध्य भइन् र उनले ६ महिनाको लागि विदा लिइन् ।
अफिसबाट विदा लिएर आफ्नो समस्याको उपचारमा लागेकी एस्माको समस्या अहिले कम हुँदै गएको छ । खुसीको कुरा उनको विवाह पनि हुँदैछ र इन्गेज्मेन्ट भैसकेको छ ।
पसिनाकै कारण आफुलाई कुनैबेला अब जिवनमा कहिल्यै काम गर्न सक्दिन भन्ने लाग्ने गरेको उनी सुनाउँछिन् । अझ मानिसहरुले आफ्नो असिनपसिन जिउमा घुरेर हेर्दा उनलाई निकै असजिलो हुन्थ्यो । स्कुलका सहपाठीहरुले समेत पसिने भन्दै जिस्काउँथे । सबैले आफुलाई नै गिज्याएको जस्तो लाग्थ्यो रे उनलाई ।
स्कुल जाँदा तथा पछि अफिस जाँदा समेत उनले आफुले लगाएको बाहेक झोलामा एक थान पोसाक तथा अत्तर राखिरहनु पथ्र्यो ।आफ्नी एकजना साथीले आफुलाई सुत्नुभन्दा पहिले ओडबाना एन्टीपर्सिप्रेन्ट लगाउन सल्लाह दिएकेा र साथीले भने अनुसार गर्दा पसिना आउने समस्या कम भएको एस्माको भनाइ छ । एजेन्सीको सहयोगमा

,

0 comments

Write Down Your Responses

Powered by Blogger.