विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन

Chandra-Bahadur-Dandi
१८ भदौ, काठमाडौं । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ ।
अमेरिका भ्रमणमा रहेको उनको उपचारका क्रममा निधन भएको हो । अमेरिकाको ल्याण्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो ।
डाँगीको म्यानेजरको भूमिका समेत निभाइरहेका गिनिज बुक अफ दि रेकर्ड होल्डर थानेश्वर गुरागाईँले अनलाइनखबरसँग भने-‘उहाँको भतिजा दोलख डाँगीले यो दुःखद खबरबारे जानकारी दिनु भएको हो ।’
Chandra-Bdr-Dangi
तस्वीरः थानेश्वर गुरागार्इँको फेसबुक पेजबाट
थानेश्वरका अनुसार चन्द्रबहादुर र दोलख ६ महिनाका लागि अमेरिका गएका थिए । तर, पछिल्लो समय निमानिया देखिएपछि अस्पताल भर्ना भएका थिए ।
थानेश्वरका अनुसार चन्द्रबहादुर डाँगीको निधन भएको गिनिज बुक अफ दि वल्र्ड रेकर्डको कार्यालयमा समेत जानकारी गराइसकिएको छ ।
उनले डाँगीको शव नेपाल ल्याइने बताए । उनले भने-‘प्रोसस केही थाहा छैन । सरकारले के सहयोग गर्छ हेरौं, तर, जसरी पनि उहाँको शव नेपाल ल्याउँछौं ।’
अमेरिकामा अहिले रात परेको छ । र, त्यहिँ कारण थप जानकारी प्राप्त भएको छैन । यद्यपी एक जना नेपालीसँग कुरा गरेको उनले बताए ।
१९९६ मंसिर १५ मा दाङमा जन्मिएका डाँगीले २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाण पत्र पाएका थिए । लन्डनबाट आएका गिनिज बुकका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी भएको प्रमाणित गरेका थिए । उनको उचाई १ फिट साढे नौं इन्च अर्थात ५४. ६ सेन्टिमिटर थियो ।
उनको तौल १५ किलो मात्र थियो । मृत्युपछि पनि चन्द्रबहादुरको नाम अहिलेसम्म भेटिएका होचा व्यक्तिको रुपमा गिनिज बुकमा रहेछ ।
चन्द्रबहादुरले कीर्तिमान राख्नु अघि अहिलेसम्म भेटिएका होचा व्यक्तिको रेकर्ड भारतका गुह मोहम्मदको नाममा थियो । यस्तै जिवित व्यक्तिको रेकर्ड भने फिलिपिन्सका वालाविङको नाममा थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.