भदौमा मारिएका गुण्डा नाइके घैंटेको सुटुक्क अन्त्यष्टि

काठमाडौं– प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेको आज अन्तिम संस्कार गरिएको छ । उनको आज कानुनी प्रक्रिया सकेर पशुपति आर्यघाटमा अन्येष्टि गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी रेबती ढकालले जानकारी दिए ।Kumar-Ghaite
लामो समयदेखि कांग्रेसको संरक्षणमा सामाखुसी क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका उनी राजधानीको कपुरधारमा प्रहरीसँग भएको मुठभेडमा गत भदौ ३ गते मारिएका थिए ।
घैंटेको गैरन्यायिक ढंगले हत्या प्रहरीले गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका सभासद जगदीश्वर नरसिंह केसी, गगन थापा, भीमसेन दास प्रधान लगायतका नेताहरुले कडा विरोध गरेका थिए भने घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग समेत राख्दै आएका थिए । उनीहरुको जोडबलमा आफन्तले शब उठाउन नमानेपछि लामो समयदेखि घैंटेको शब त्रिवि शिक्षण अस्पतालमै थन्किएको थियो ।
तर, प्रहरीले निरन्तर घैंटे भूठभेडमै मारिएको बताएको र सरकारी तबरबाट पनि सोहि आधारमा छानबिन समिति बन्न नसकेपछि परिवारले आवश्यक प्रक्रिया सकेर अन्त्येष्टि गरेको हो । आवश्यक प्रक्रियापछि टिचिङबाट परिवारले सब लगेर आज गुपचुप आर्यघाटमा अन्येष्टि गरेको हो । सो अन्त्यष्टिका क्रममा कांग्रेस सभासद जगदीश्वर नरसिंह केसीसहित केहि कांग्रेसका कार्यकर्ता र आफन्तको सहभागिता रहेको स्रोतको भनाई छ ।
घैंटेलाई दागवत्ती दाजु बताउने राजु श्रेष्ठले दिएका थिए भने श्रीमति भनिएकी पिंकी शेर्पा र नाबालिका छोरीको समेत दाहसंस्कारमा सहभागि थिए । पिंकी वैदेसिक रोजगारीको सिलसिलामा रहेकी थिइन् भने उनी हालैमात्र स्वदेश फर्किएकी थिइन् । उनी फर्केसँगै चाँडोभन्दा चाँडो अन्तिम संस्कार हुनु हुनुपर्ने माग राख्दै आएकी थिइन् भने जगदीशसहितका घैंटेका केहि निकटस्थले भने अहिल्यै अन्त्येष्टि नगर्न दवाव समेत दिँदै आएको स्रोतको दाबी छ । तर, पिंकीकै सक्रियतामा आवश्यक कानुनी प्रक्रिया सकेर उनको शब अन्तिम संस्कारका लागि बिहान  १० बजे पशुपति आर्यघाटमा पुर्याइएको थियो ।
घैंटेको अन्तेष्टिबारे सभासद केसीसँग पटक पटक सम्पर्क गर्दा आफू यो विषयमा केहि नबोल्ने बताए । घैंटेको व्यापारिक साझेदार मानिएका केसी उनी मारिएको बेला अग्रस्थानमा रहेर प्रहरीको विरोधमा उत्रिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.