एसएलसी परीक्षा चैत १८ देखि

तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ ।
परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो ।
तय भएको परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ ।
यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.