खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि जान्नुपर्छ ?


    खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि जान्नुपर्छ । हामीले खानेकुरा खादाँ केही शिष्टाचार पालना गर्नुपर्छ । 
    खाना खानुअघि प्लेट बजाउने, चम्चालाई हातमा खेलाउने जस्ता कार्य सभ्य मानिँदैन । 

    खाना खाँदा ठूलो आवाज निकाल्नु हुँदैन । 

    मुखभरि खाना दलेर तथा थालमा छरेर खाना खानु असभ्यता हो । 

    एकै चोटी ठूलो–ठूलो गाँस हाल्नु पनि सभ्य शैली मानिँदैन । 

    हतार–हतार खाने बानी राम्रो होइन ।

    मुख खुला गरेर आवाज निकाल्दै चपाउनु हुँदैन ।


source:saptahik

0 comments

Write Down Your Responses

Powered by Blogger.