ठग करोडपति, जसका छन् ३ हजार बैंक खाता, डेढसय कार र ७ सय एक्कड जमिन

ठगी धन्दा गर्ने मानिसहरुले राम्रै सम्पत्ति थुपार्ने कुरामा शंका छैन । तर ठगले यतिधेरै सम्म चिजहरु थुपार्दोरहेछ भन्ने कुरा थाहा पाउँदा झनै अचम्म लाग्छ । भारतमा एकजना यस्तो ठग फेला परेको छ जसले ३ हजार ७८ वटा त बैंक खाता नै खोलेको छ । उसको नाममा जमिन मात्रै ७ सय एक्कड छ भने डेढसय वटा कार छन् ।
यस्तो धनाढ्य ठगको नाम हो गौतम कुन्डु । रोज भ्याली ग्रुप नामको कम्पनीका प्रमुख रहेका गौतमले बैंक खाता तथा सम्पत्ति लगायतका बारेमा जाँचबुझ गर्दा इन्फोर्समेन्ट निर्देशनालयले यस्तो तथ्य पत्ता लगाएको हो । अहिले ठगीका विभिन्न मामिलामा गौतममाथि छानविन भैरहेको छ र उनी जेलमा छन् ।
गएको हप्तामात्रै सर्वोच्च अदालतमा आफुलाई जमानतमा रिहा गर्नका लागि उनले दिएको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरिदियो । उनी कुख्यात मुद्रा निर्मलीकरणका अपराधी रहेको र उनको विषय देशको अर्थतन्त्र र राष्ट्रिय स्वार्थ सँग जोडिएको अदालतले जनाएको छ । उनी गएको मार्च महिनामा पक्राउ परेका थिए ।
भारतका विभिन्न १२ वटा राज्यमा उनको सम्पत्ति रहेको खुलेको छ । उनका विभिन्न ठाउँमा गरी २३ वटा होटल समेत छन् । उनका डेढसय कारमध्ये कतिपय त विदेशबाट मगाएका लग्जरी महंगा कार छन् । अहिलेसम्मको अनुसन्धानले उनको नाममा ७ सय एक्कड जमिन रहेको कुरा खुलेपनि उनीसँग १ हजार एक्कडसम्म जमिन रहेको अनुमान गरिएको छ ।
उनको कम्पनी रोज भ्याली ग्रुपले पछिल्ला केही वर्षमा मात्रै १५ खर्ब ४० अर्ब सम्पत्ति कमाएको थियो ।
- See more at: http://www.onlinekhabar.com/2015/12/366016/#sthash.oBnq05MN.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.