नेपालमा प्रत्येक घन्टा ३३ भ्रुणको हत्या


काठमाडौं । गर्भपतनका लागि कानुनी इजाजत प्राप्त दुई संस्थाबाट मात्रै नेपालमा प्रत्येक घन्टा ३३ वटा भ्रुणको हत्या हुने गरेको छ । नेपाल परिवार नियोजन संघ (एफपान) र मेरी स्टोप्स नेपालले तयार पारेको प्रतिवेदनमा यस्तो तथ्य भेटिएको हो ।
प्रतिवेदन अनुसार एफपान नेपालले गत वर्ष मात्रै दुई लाख २७ हजार एक सय ३२ भ्रुणको गर्भपतन गरेको छ । त्यस्तै मेरी स्टोप्सले सोही वषए ५७ हजार चार सय १४ भ्रुणको गर्भपतन गराएको छ । यस आधारमा दुईवटा संस्थाबाट मात्रै गत वर्ष दुई लाख ८४ हजार पाँच सय ४६ भ्रुणको गर्भपतन गरिए । यो तथ्यांकलाई आधार मान्दा दुई संस्थाबाट एकै दिन सात सय ८० र एक घन्टाको अवधिमा ३३ वटा भ्रुणको पतन हुन्छ । एकपानको प्रतिवेदन अनुसार सन् २००९ र २०११ को दुई वर्षमा एक लाख ६६ हजार नौ सय ७८ गर्भपतन गरिएको थियो । एफपान अध्यक्ष अमु सिँजापती भने, ‘विगतमा अझ धेरै गर्भपतन हुन्थे । तर, ती गैरकानुनी रुपमा हुन्थे । त्यसैले तिनको रेकर्ड भेटिन्न । हामीले रेकर्ड राख्यौ त्यसैले धेरै देखिएको हो । ‘ यस वर्ष भने गर्भपतन कम हुने देखिएको एफपानले जनाएको छ । यस वर्षको ६ महिनाको अवधिमा मात्रै एफपानले पाँच हजार सातसय ४९ भ्रुणको गर्भपतन गराएको छ ।  

0 comments

Write Down Your Responses

Powered by Blogger.