सवारी साधनमा नम्बर प्लेटका ९ रंग हटाई ४ रंग बनाइने

सवारी व्यवस्थापनमा कठिनाई भएपछि सरकारले अहिले प्रचलित नम्बर प्लेटका ९ वटा रंग हटाई नयाँ प्रविधिसहित ४ रंगमात्र बनाउने भएको छ । रंगकै कारण सवारी व्यवस्थापनमा समस्या पारेको भन्दै सरोकारवालले लामो समयदेखि सुधार गर्न सुझाउँदै आएका थिए ।
विभागले नम्बर प्लेटलाई व्यवस्थित गर्न ‘इमबोस्ड सेक्युरिटी सिस्टम’ लागू गर्ने योजना बनाएको छ । ‘यो सवारी साधनलाई व्यवस्थित गर्न प्रयोग गरिने सुरक्षित प्रणाली हो,’ यातायात व्यवस्था विाभगका प्राविधिक निर्देशक शरद अधिकारीले भने, ‘यो लागू भएपछि नक्कली नम्बर प्लेट प्रयोग गर्ने सम्भावना हुँदैन् ।’
प्लेटको बीचमा केही भाग उठेको हुन्छ, जसको रंग प्लेटको भन्दा फरक र लेमिनेटेड हुन्छ । यसमा सवारीका सम्पूर्ण विवरण हुने चिप्स हुन्छ, जसमा पानी छाप -वाटरमार्क) हुनेछ । चिप्समा लालीगुराँसको लोगो राख्ने विषयमा छलफल भइरहेको उनले बताएको खबर कारोबार दैनिकमा खबर छ । ‘यो नम्बर प्लेट २ सय मिटर टाढाबाट समेत प्रस्ट रुपमा देख्न सकिन्छ,’ उनले भने ।
नेपालमा हाल निजी सवारी साधनलाई रातो, सरकारीलाई सेतो भाडाकालाई कालो, पर्यटन क्षेत्रकालाई हरियो, सरकारी संस्थानलाई पहेँलो, बहालवाल मन्त्रीलाई नीलो र रातो, भाडाकै सेतो प्लेटमा कालो अक्षर, हेवी इक्विपमेन्टलाई हल्का रातोमा कालो, तीनपांग्रेलाई हल्का हरियोमा रातो नम्बरप्लेट दिइएको छ ।
अरु मुलुकमा भने व्यवसायिक र निजी गरी २ रंगका नम्बर प्लेट हुन्छन् । भारतमा निजी सवारीलाई सेतो र व्यवसायिकलाई पहेलो नम्बर प्लेट प्रदान गरिन्छ । कूटनीतिक नियोगलाई विश्वभर नीलो प्लेट दिइन्छ । भारत र चीनमा सुरक्षा निकायले बेग्लै प्लेट प्रयोग गर्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.