आफ्नै खाताबाट रकम झिक्न पाउँदैनन् सलमान

यूवती, रोमान्स, विवादको बिचमा बलिउड नायक सलमान खान सधै नै घेरिएका हुन्छन् । उनको बारेमा नकारात्मक खबर संचारमाध्यममा सधै नै बाहिर आउने गरेको छ ।
तर उनै सलमान खानको सकारात्मक खबरले धेरै यूवाहरुलाई प्रेरणा पनि दिने गरेको छ । नायक सलमान खानको कमाई बर्षमा डेढ अरब भन्दा माथि छ । उनको नाममा यति धेरै रकम राख्ने बैंक खाता पनि छ । तर सलमान चाहेर पनि रकम निकाल्न सक्दैनन् । कारण हुन् उनका पिता सलिम खान ।
सलमान खानको बैंक खातमा हस्ताक्षर गर्ने अधिकार उनको पितालाई मात्र छ । यसैले पनि हरेक समय सलमानको लागि चाहिने खर्च सलिमले चेकमा हस्ताक्षर गरेपछि मात्र बंैक बाट निस्कन्छ ।
उसो त सलमान खानका पिताले उनको खर्च र कमाईमा कुनै हस्तक्षेप गरेका हुदैनन् । तर पनि सलमानले आफ्नो सबै आम्दानीको अधिकार पितालाई दिएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.