सडक सञ्जालमा नेपाल विकासोन्मुख राष्ट्रभन्दा धेरै माथि !

काठमाडौं । विकासको प्रमुख पूर्वाधार मानिने सडक यातायातको विकासमा नेपाल विकासोन्मुख राष्ट्रको सूचीबाट माथि उठ्ने भएको छ ।

आगामी दुई वर्षभित्रै ७५ जिल्ला सदरमुकामसम्म सडक यातायात पुर्‍याउने लक्ष्यका साथ सरकारले कार्य प्रभावकारी रुपमा अगाडि बढाएपछि नेपालको यस्तो सम्भावना देखिएको हो । हाल सडक सञ्जालको विकासलाई ७३ जिल्ला सदरमुकामसम्म पुर्‍याइसकिएको छ ।

हालसम्म देशभरमा सडक विभागले निर्माण गरेको एक हजार चार सय किलोमिटर मोटरबाटो छ । त्योमध्ये ६ सय किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको गोरखापत्र दैनिकमा खबर छ ।

स्थानीय विकास मन्त्रालयअन्र्तगत विभिन्न आयोजना, जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिहरुले समेत निर्माण गरेका सडकसहित देशभर कुल ६२ हजार ५ सय ७९ किलोमिटर सडक निर्माण भइसकेको छ ।

हालको सडक विकास हेर्दा सडक घनत्व प्रतिसय वर्गकिलोमिटरमा ४२ दशमलव ५ किलोमिटर पुगेको छ । यो तथ्यांक हेर्दा २०४६ सालको परिवर्तनपश्चात सडक यातायातमा राज्यले बढी लगानी गरेकाले छोटो समयमा नेपालले उल्लेख्य प्रगति गर्न सफल भएको हो । यो प्रगतिले नेपाल सडक विकासमा विकासोन्मु राष्ट्रहरुको सूचीबाट माथि उठ्ने भएको छ । विश्वका अधिकांश विकासोन्मु राष्ट्रहरुको सडक विकास नेपालभन्दा पछाडि नै रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.