घाटबाट अस्पताल पुर्‍याएपछि मृत्यु

बारा, ३ फागुन । घाटमा पुर्‍याएर आगो लगाउने तयारी गर्दै गर्दा शरीरका अंग चलेपछि अस्पताल पुर्‍याइएका बाराको निजगढ गाविसका एकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
लडेर बेहोस बनेका निजगढ १ स्थित विद्यासागर बोर्डिङ स्कुलका क्यान्टिन सञ्चालक केदार उप्रेतीको घाटको ब्रह्मनालबाट निकालेर वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
विद्यालयको क्यान्टिन कोठाबाट लडेर बेहोस बनेका उच्च रक्तचापका बिरामी उप्रेतीलाई उपचारका क्रममा स्थानीय अस्पतालका चिकित्सकले मृत्यु भएको बताएपछि आफन्त र छिमेकीले जलाउन शवयात्रासहित घाटमा पुर्‍याएका थिए । ‘चितामा राख्न लाग्दा शरीरका अंग चले,’ स्कूलका सञ्चालक भोला गौतमले भने,(’हतारहतार अस्पताल पुर्‍याइयो तर पनि बचाउन सकिएन ।’
कोठाबाट लडेर गम्भीर बनेका उप्रेतीलाई उपचारका लागि बिहान ४ बजे आफन्तले निजगढस्थित प्रसूतिगृहमा पुर्‍याएका थिए । प्रसूतिगृहका चिकित्सकले मृत्यु भइसकेको बताएपछि पनि आफन्तले शुरुमा थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा पूर्वपश्चिम राजमार्गको पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक पुर्‍याएर मरिसकेको आशंकामा पुनः फर्काएर ल्याएको अन्तिम संस्कारका लागि बकैया खोला किनारको घाटामा लगेको छिमेकी अभय लामिछानेले बताएका छन् ।
शवयात्रासहित घाटमा पुर्‍याइएका उप्रेतीको शवलाई चितामा चढाउनेक्रममा हातखुट्टा चल्नुका साथै शरीरको तापक्रमसमेत सामान्य पाइएपछि जीवितै रहेको आशंकामा आफन्त र मलामीले अर्का स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र मिश्रालाई बोलाएर उप्रेतीको स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका क्रममा उप्रेतीको शरीरमा तापक्रम सामान्य र मुटुको धड्कनसमेत पाइएको भन्दै स्वास्थ्यकर्मी मिश्राले उप्रेती जीवित रहेको बताएपछि आफन्तले उनलाई एम्बुलेन्समा राखेर तत्काल वीरगन्ज पुर्‍याएको खबर आजको समाचार पत्र दैनिकमा छापिएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.