पूर्वरानीको जन्मोत्सव मनाउन डेढ दर्जनको टोली लिएर ज्ञानेन्द्र शिवपुरी जाने


पूर्वराजा ज्ञानेन्द्र सपरिवार करिब डेढ साता बसाइका लागि शिवपुरी जाने भएका छन् । पूर्वरानी कोमलको ६४ औं जन्मोत्सव मनाउन उनको परिवार शिवपुरी जान लागेको हो । बुहारी हिमानी, तीन नातिनातिना, सुसारे र अन्य गरी करिब डेढ दजर्नको टोली शिवपुरीमा बस्न जान लागेको हो । ‘गत वर्ष सिमरामा जन्मोत्सव मनाएकी पूर्वरानी कोमलले यो वर्ष शिवपुरीमा मनाउन लागेकी हुन्,’ उनी निकट स्रोतले बताएको नेपाल समाचारपत्रमा खबर छ । कोमलको जन्मदिन नेपालमा प्रजातन्त्र आएको दिन फागुन ७ मा पर्छ । शिवपुरीमा रहेको सामान्य घरमा पूर्वराजा सपरिवार बस्न लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्रको परिवार फागुन ५ गते शिवपुरीतर्फ जान लागेको छ । एकान्त र रमणीय वातावरणमा जन्मोत्सव मनाउने इच्छा भएकाले पूर्वराजा ज्ञानेन्द्रले आफ्नी श्रीमतीको जन्मोत्सव शिवपुरी जंगलमा मनाउन लागेका हुन् । जन्मोत्सवमा शुभकामना दिन चाहनेले यो वर्ष शिवपुरीमै जानुपर्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ । करिब १० दिन उतैतिर बस्ने व्यवस्थासहित पूर्वराजाको परिवार शिवपुरी जान लागेको हो । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.