गुण्डाको जालो भत्काउने प्रहरी योजना


काठमाण्डौं, २ फागुन । काठमाण्डौं प्रहरीले ‘पहुँचवाला व्यक्ति र नेता संरक्षित गुण्डा तह लगाउने’ विशेष कार्ययोजना ल्याएको छ । जबर्जस्ती रकम असुली, गुण्डागर्दी, अपहरणलगायतका गतिविधिमा सक्रिय रहेकालाई संरक्षण दिने व्यक्ति र दलका नेताको सुची बनाएको महानगरीय प्रहरी परिसरले विशेष कार्ययोजनामार्फत उनीहरुको जालो भत्काउने लक्ष्य राखेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौं प्रमुख बनेको ११ दिनपछि एसएसपी रमेश खरेलले बिहिबार १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्, जसमा संरक्षकको जालो भत्काएर गुण्डालाई कमजोर बनाउनेलाई डनको उपमा दिने गरिए पनि उनले भने तिनीहरुलाई ‘फ्याउरे गुण्डा’ को संज्ञा दिएका छन् । रणनीतिबारे बिहीबार सञ्चारकर्मीलाई जानकारी दिँदै उनले कुनै दल वा व्यक्तिसँगको सम्पर्कका आधारमा नभई पृष्ठभूमिका आधारमा आपराधिक गतिविधिमा सक्रिय देखिएकाविरुद्ध कारबाही केन्द्रित हुने बताएका छन् । ‘दल र प्रभावशाली व्यक्तिको संरक्षण नपाएका गुण्डा नै छैनन् । त्यस्ता गुण्डालाई तह नलगाई काठमाण्डौंको सुरक्षा अवस्थामा सुधार आउँदैन’, खरेलले भने, उनीहरुको जरो भत्काउन संरक्षकको प्रभाव कम गर्नु पर्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.