अंग प्रदर्शन गरेपछि…

हलिउड अभिनेत्री सान्द्रा बुलोक फिल्म ग्राभिटिमा खुलेर अंग प्रदर्शन गरेकोमा दुःखी भएकी छिन्। यति धरै अंग प्रदर्शन गर्न किन आवश्यक थियो भन्ने विषयले उनलाई पश्चातापमा जलाइरहेको समाचारमा जनाइएको छ।
सान्द्रा यसै फिल्मबाट ओस्कार अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीको नोमिनेसनमा परेकी छिन्। उनले यस फिल्ममा आफ्नो अभिनयका लागि आफ्नो शरीरलाई निकै मेहनतका साथ पस्किएकी छिन्। ‘फिल्मका लागि साह्रै मेहनत गरेकी छु।
अंग प्रदर्शनका लागि पनि यसो गर्न आवश्यक परेको थियो। केही–केही दृश्यमा मैले किन यति धेरै अंग प्रदर्शन गर्न परेको होला भनेर आफूले आफैंलाई प्रश्न गर्छु’, –सान्द्राले एजेन्सीसँग भनेकी छिन्। यस्तो दृश्य फिल्मका लागि किन आवश्यक थियो भन्ने विषयले पनि उनलाई चिन्तिन बनाइरहेको समाचारमा चर्चा गरिएको छ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.