पेटभित्र लुकाएको ११२ क्याप्सुल कोकिनसहित विदेशी पक्राउ

काठमाडौं । पेटभित्र १ सय १२ क्याप्सुल कोकिन लुकाएर ल्याएका नामिबियाका नागरिक पक्राउ परेका छन् ।
दुवईबाट काठमाडौं आएका उनलाई लागू औषध नियन्त्रण व्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दसहितको टोलीको सक्रियतामा  फागुन ६ गते साँझ विमानस्थल ननिकै पक्राउ गरेको थियो । उनलाई आइतबार सर्वजनिक गरिएको छ ।
उनको साथबाट हृयाण्ड ब्यागमा लुकाएको अवस्थामा ४५ वटा प्लाटिक कोटेड क्याम्सुल कोकिन बराबर भएको थियो । अनुसन्धानका क्रममा पेटभित्र समेत कोकिन हुन सक्ने आशंकामा व्यूरोले फागुन ८ गते प्रहरी हस्पतालमा लगेर जाँच गराएको थियो । त्यस क्रममा १० पटकमा गरी उनको पेटबाट १ सय १२ क्याप्सुल कोकिन बरामद भएको छ ।
उनको साथबाट बरामद भएको कोकिन १ सय ५७ क्याप्सुल अर्थात कुल २ किलो ६६९ गा्रम रहेको व्यूरोले जनाएको छ । व्यूरोका अनुसार यो नेपालमा हालसम्म बराबद भएको सबैभन्दा ठूलो परिणामको कोकिन हो । यसको अन्तराष्ट्रिय मूल्य ५ करोड ३३ लाख ८० हजार हुने व्यूरोको अनुमान छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.