भर्जिन भएको कसम खाँदै २५ हजार दर्शकसामु बिहे, ४० दिनसम्म सेक्स बन्देज

सँधै खेलाडीहरुबीच घम्साघम्सी हुने दक्षिण कोरियाको चेङसिम पिस वर्ल्ड रंगशालाको माहौल बुधबार भने प्रेममय थियो । मैदानमा प्रतिस्र्धी थिए २ हजार ५ सय जोडी जो केहीवेरमा बिबाह बन्धनमा बाँधिदै छन् । अनि दर्शकदीर्घामा करिव २५ मानिस उनीहरुको बिबाह हेर्न उपस्थीत थिए ।

कालो सुटमा सजिएका बेहुला अनि सेतो गाउनमा सजिएका बेहुलीहरुको लाइन सैनिक फर्मेसनजस्तो देखिन्थ्यो । ती मध्ये कतिपय लामो सम्बन्धमा थिए भने कतिपयको भेट एक दिनअघि मात्र भएको थियो । झण्डै १० वटा मुलुकबाट आएका यी बेहुला बेहुलीले गत सातामात्रै आफ्नो पार्टनर छानेका थिए । कतिपय यस्ता जोडी छन जो एकले बोलेको अर्काले बुझ्दैनन, दोभाषेको सहयोग चाहिन्छ । दक्षिण कोरियाको युनिफिकेसन चर्चले आयोजना गरेको यो सार्वजनिक बिबाह समारोहको झलक हो । जहाँ बिश्वभर यही चर्चसँग जोडिएका अनुयायीहरु अन्तरजातीय र अन्तरसांस्कृतिक बिबाहका लागि तयार छन् । यो बिबाह प्रकृया ठूलो मासका कारणमात्र भिन्न र चर्चित छैन, यसका कतिपय नियमहरु पनि अनौठा छन् । हालसम्म आफु भर्जिन रहेको र आगामी दिनमा एकअर्काप्रति बफादार रहने कसम खाएसँगै उनीहरुलाई पबित्र जल छर्किएर बिबाह प्रकृया सुरु गरिन्छ । बिबाह गरिसकेपछि जोडीलाई ४० दिनसम्म भिन्नै राखिन्छ जहाँ उनीहरुले बिभिन्न बिधिको प्रयोग गरि भगवानसँग पुग्ने कोसिस गर्छन् । यो चालिस दिन जोडीलाई यौनसम्बन्ध राख्ने छुट छैन् । ४० दिन छुट्टै बसेपछि यो अनौठो बिबाहको अन्तिम प्रकृयातिर पुगिन्छ । जहाँ फेरि तीन दिनका लागि जोडी एकै ठाउँमा हुन्छन् । चर्चको वेबसाइटका अनुसार यो तीन दिनमा श्रीमतीले आफ्नो श्रीमानलाई आमाको रुपमा पुर्नजन्म दिन्छिन भने श्रीमान् बाबुका रुपमा आफ्नी श्रीमतीलाई पुर्नजन्म दिन्छन् । दक्षिण कोरियाका पादरी सन मोङ मुनले सन् १९५४ मा स्थापना गरेको यो चर्चले त्यसयता दर्जनौं सामूहिक बिबाह गराएको जसले बिश्वभर चर्चासँगै बिबाद ल्यायो । मुनले सांस्कृतिक बिकृति ल्याएको र बाइबलको अपब्याख्या गरेको आरोप लाग्दै आएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.