पुरुष पनि बेचिन्छन् खासामा

सिन्धुपाल्चोक । मानव बेचबिखनको नयाँ गन्तव्यको रुपमा लिइएको चीनको खासा बजारका डान्स रेस्टुराँमा पुरुष पनि बेचिने गरेको खुलेको छ । खासामा सञ्चालित रेस्टुराँमा कामदारको रुपमा नेपाली पुरुष बेच्ने दलाल हगाम-८ सिन्धुपाल्चोकका भीमबहादुर तामाङ पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
तामाङले खासामा रेस्टुराँ मालिकसँग लाख रुपैयाँ लिएर कामदारका रुपमा बेचेका बानियाँटार-१ बर्दियाका भुरे थारुको खासामै मृत्यु भएपछि पुरुष पनि बेचिने गरेको तथ्य सार्वजनिक भएको हो । थारुको मृत्युपछि उनकी श्रीमतीले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले तामाङलाई पक्राउ गरेको छ । तामाङ हाल पुर्पक्षका लागि थुनामा रहेको नयाँ पत्रिकामा खबर छ ।
इन्स्पेक्टर कमलबहादुर विष्टका अनुसार थारुकी श्रीमतीको जाहेरीपछि प्रहरीले विशेष अनुसन्धान टिम बनाएर तामाङको खोजी गरेको थियो । ‘खोजी गर्ने क्रममा तामाङलाई हगामा-८ स्थित पेष्टा गाउँबाट पक्राउ गर्न सफल भयौं,’ उनले भने ‘माघ १ गते हुलियासहित आएको जाहेरीका आधारमा तामाङको गाउँमा पुगेर उनलाई पक्राउ गरिएको हो ।
खासामा बढ्दै गइरहेको यौन व्यवसायमा पुरुष बेश्या बनाउन वा डान्सबारमा अश्लील नृत्य गराउनका लागि पुरुषहरु बेचिने गरेको हुनसक्ने प्रहरीको अनुमान छ । खासा स्रोतका अनुसार त्यहाँ रहेका डान्सबारमा हुने गरेको अवैध यौन धन्दामा चिनियाँ महिलाले नेपाली या तेस्रो मुलकुका पुरुष खोज्ने गर्छन । नेपालबाट यसरी बेचिने पुरुषलाई यौन धन्दामै लगाउनका लागि लगिएको हुनसक्ने स्रोतको भनाई छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.