फेसबुक चलाएको भन्दै ढुंगाले हानेर मृत्युदण्ड

फेसबुक चलाएको भन्दै सिरियाली युवतीलाई ढुङ्गाले हिर्काएर मृत्यु दण्ड दिइएको छ ।
अदालतले ती युवतीले फेसबुक अकाउन्ट खोलेर अनैतिक व्यवहार गरेको फैसला गरेको थियो । एजेन्सी
फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश जाहेर गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा श्रीमतीसँग नभएर परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्न चाहेको रुपमा हेरिने गरिएको छ । सञ्चार माध्यमहरुका अनुसार ढुङ्गा हान्नेहरुमा इस्लामिक स्टेट अफ इराक एण्ड सिरियाका सुन्नी समूदायका थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.