सेलिब्रेटी विवाह प्रसंग-२०७०
वर्ष २०७० मा ग्ल्यामर क्षेत्रमा स्थापित र चर्चित केही व्यक्तित्व वैवाहिक
जीवनमा बाँधिए। वर्ष २०७० को पूर्वाद्धमा गायिका सरु पराजुली तथा गीतकार
शिव चम्लागाईं 'कालु' विवाह-बन्धनमा बाँधिए भने गायक अमृत क्षेत्रीले
संगीता ताम्राकारसँग वैवाहिक जीवन शुभारम्भ गरे। यसैगरी गायक एवं संगीतकार
सशान कँडेलले सर्वाणी पाण्डेलाई दुलहीका रूपमा घर भित्र्याए।
चलचित्र 'स्वर' मार्फत नायकका रूपमा डेब्यु गरेका यशराज गराचले यसै वर्ष एक दशकदेखिको अञ्जना मिश्रसँगको प्रेमसम्बन्धलाई वैवाहिक रूप दिए। अभिनेता दिनेश दुलालले मिचिगन, अमेरिकामा बसोबास गर्दै आएकी दमक, झापाकी इन्दु शर्मालाई जीवनसाथी बनाए। वर्ष २०७० मा लगनगाँठो कस्नेहरूमा चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीकी नायिका छोरी भावना रेग्मी पनि हुन्। भावनाले गत माघ महिनामा काठमाडौंका एक व्यवसायीसित विवाह गरेकी हुन्।
वर्ष २०७० को फागुन महिनामा भने मनोरञ्जन क्षेत्रका परिचित अनुहारको विवाहको खबरको लहर नै चल्यो। उक्त अवधिमा अभिनेत्री रेजिना उप्रेतीले लन्डनमा बसोबास गर्ने सुरज पोखरेलसँग लगनगाँठो कसिन् भने करिब डेढ वर्षअघि इन्गेजमेन्ट गरेकी नायिका पूजा चन्दले संगीतकर्मी राजु लामासँग दोस्रो विवाह गरिन्।
यही वर्ष गायिका निशा सुनारले नृत्य निर्देशक शंकर बीसीसित वैवाहिक जीवन प्रारम्भ गरिन्। यो वर्ष वैवाहिक जीवन प्रारम्भ गर्नेर्मा कोरियोग्राफर आयुषी शाह र फोटोग्राफर विकास खतिवडा पनि छन्। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई यो वर्षको उत्तरार्द्धतिर विवाहमा परिणत गरेका हुन्। नेपाली चलचित्रका नायक आर्यन सिग्देल पनि यो वर्ष विवाहका लागि तयारी अवस्थामा पुगेका छन्। आर्यर्नले आफ्नी प्रेमिका सपना भण्डारीसित इन्गेजमेन्ट गरे भने उनीहरूको विवाह वर्ष २०७१ को वैशाख ६ गते सम्पन्न हुने बताइन्छ।

0 comments
Write Down Your Responses