संकल्प वर्ष २०७१ का
परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए
राष्ट्र बदलिन्छ। आज हामी समृद्धिका भोका छौं, त्यसैले जगबाटै समृद्धिको
आधार खोजिनु आवश्यक छ। हामी गरिब भयौं, हामी पछाडि पर्यौं, हामी अघि बढ्न
सक्दैनौं, यो देशको कहिल्लै विकास हुँदैन जस्ता नकारात्मक कुरा गर्ने र
नागरिकको हैसियतमा आफू सामान्य नैतिकवान् पनि हुन नसक्ने जस्ता कुरालाई अब
सधैंका लागि बाईबाई गर्नुपर्छ। एउटा असल मानिस बन्न कर्तव्यनिष्ठ,
दायित्वबोध, इमान्दार र नैतिकवान हुनुपर्छ, यसका लागि आफूमा रहेका
कमी-कमजोरी बुझेर त्यसलाई सच्याउनु आवश्यक छ।
पाँच वर्ष भयो, साप्ताहिकले परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ नयाँ वर्षको संकल्प प्रकाशन गर्न थालेको। मुलुक आफ्नै ढंगले चलिरहे पनि राष्ट्रको समृद्धिमा नागरिकको जिम्मेवारीले पनि उत्तिकै भूमिका खेल्छ। व्यक्तिले असल नागरिक भएर आफ्नो कर्म पूरा गर्दा पनि राष्ट्रलाई योगदान पुगिरहेको हुन्छ। हामी यो देश बन्दैन भन्दै आफैं केराको बोक्रा सडकमा फ्याँकिरहेका हुन्छौं। सडक किनारमा दिसा-पिसाब गर्छौं, फोहरका पोका फ्याँक्छौं। त्यही नेपाली चिल्ला विदेशी सडकमा फोहर गर्न हिचकिचाउने तर आफ्नो देशमा मनलाग्दो व्यवहार गर्ने। यस्तो व्यवहार अब पनि नसच्चिए कहिले सच्चिने ?
समाज र राष्ट्रलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन एउटा व्यक्तिले नियमित रुटिन बनायो भने पनि धेरै सहयोग पुग्छ, हामी काममा भन्दा बढी अन्य कुरामा अलमलिरहेका हुन्छौं। संकल्पले व्यक्तिको जीवन, करियर र राष्ट्रविकासमा महत्वपूर्ण योगदान पुग्छ नै, घोषित प्रतिबद्धताका कारण व्यक्ति निर्देशित रूपमा चल्न बाध्य हुन्छ। यो वर्ष पनि विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने सेलिब्रेटीले आ-आफ्नो संकल्प जाहेर गरेका छन्, जसको उद्देश्य आमयुवालाई कुनै न कुनै संकल्प लिएर त्यसलाई पूरा गर्न प्रेरित गर्नु पनि हो।
राजेश पायल राई, गायक
- संविधान नबन्दा देश अस्थिर राजनीतिमा रुमल्लिएको छ, त्यसैले संविधान निर्माणमा दबाब सिर्जना गर्ने काममा लाग्नेछु।
- यो वर्ष गीतमा थप नयाँपन खोज्नेछु। ०७१ सालमा राईभाषाको एल्बम निकालेर ऐतिहासिक सांस्कृतिक पक्ष उजागर गर्नेछु।
- जीवनकै महत्वपूर्ण कुरा, विवाह गर्छु। घरपरिवार र आफन्तहरूको दबाब पनि छ र उमेर पनि भएजस्तो लाग्छ।
शुभेच्छा भँडेल, फेसन डिजाइनर
- डिजाइनर भएकाले अझ राम्रो डिजाइनमा ध्यान दिनेछु, महिला दिदी-बहिनीहरूका लागि सीपमूलक प्रोजेक्ट सञ्चालन गर्नेछु, जसअन्र्तगत महिला दिदी-बहिनीलाई हेन्डिक्राफ्ट सिकाएर घरमै बसेर काम गर्दै आन्दानी गर्ने बाटो खोज्ने प्रयास हुनेछ।
- तीन जना बालिकाको पढाइ-लेखाइलगायत सम्पूर्ण जिम्मेवारी लिँदैछु।
- सबैभन्दा ठूलो कुरा माया बाँड्नु हो, अरूलाई इन्स्पायर र इनकरेज गर्नेछु, अनि बुबा-आमा, बहिनी तथा भाइलाई सक्दो समय दिने प्रयास गर्नेछु।
हिमाल शर्मा, युवा नेता, एमाओवादी
- अखिल क्रान्तिकारीको अध्यक्ष भएको नाताले यो वर्षको प्रारम्भमै राष्ट्रिय सम्मेलन सफल रूपमा सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गर्नेछु।
- जनताको संघीय संविधान जारी गर्न पार्टी केन्द्रीय सदस्य एवं युवा शक्तिको हिसाबले सक्दो दबाब दिने एवं निर्धारित समयमा संविधान निर्माण गर्न भूमिका खेल्नेछु।
- शैक्षिक बेरोजगारीको अन्त्य गर्न संविधानमै शैक्षिक अधिकारका निम्ति लविङ गर्नेछु।
किशोर पन्थ, सूचना प्रविधि विज्ञ
- गुगल ग्लास लिने इच्छा छ। आममानिसका लागि उपलब्ध नगराइने गुगल ग्लास किन्ने प्रक्रिया प्रारम्भ गरिसकेको छु। नयाँ वर्षमा गुगल ग्लास लगाएर चस्मामार्फत नै मोबाइल फोनका सबै सुविधा प्रयोग गर्नेछु।
- मेरो अफिस सिस्टमलाई स्मार्ट अफिसमा रूपान्तरण गर्नेछु। मोबाइल फोनबाटै नियन्त्रण हुने स्मार्ट अफिसका सबै गतिविधि जहाँ बसेर पनि अनुगमन गर्न मिल्छ। गर्मीको समयमा कार्यालय आउनुपुर्व नै एसी चलाउन मिल्ने, अफिसमा कसलाई प्रवेश गर्न दिने, अफिसमा भैरहेका सबै जानकारी पाइने सर्भर मोबाइल फोनमा राख्नेछु।
- चार-पाँचवटा डि्रम प्रोजेक्टमा काम गर्ने सोच बनाएको छु। ती सबै प्रोजेक्ट ०७१ सालभित्र सञ्चालनमा आइसक्नेछन्।
गिरीश खतिवडा, र्यापर
- उमेर बढ्दै गएको छ, त्यसकारण शरीरलाई फिट राख्न जिम जानेछु। हुन त म जाडोमा कम र गर्मीमा बढी जिम गर्छु, तर यो वर्ष जिम जाने कुरालाई निरन्तरता दिनेछु।
- असल नागरिकका रूपमा आफ्नो परिचय स्थापित गर्न सक्दो प्रयास गर्नेछु। अझ बढी जिम्मेवार, गुड ह्युमन बिइङका रूपमा आफूलाई उभ्याउँछु। झूट बोल्दै नबोल्न तथा कसैलाई चिटिङ नगर्न प्रतिबद्ध रहनेछु।
- फोन, इन्टरनेट, फेसबुक, गुगल, ग्याजेटजस्ता कुराबाट सकेसम्म टाढा रहँदै साथीभाइहरूसँगको प्रत्यक्ष भेटघाटमा ध्यान दिनेछु। सञ्चारका साधनले नजिक बनाइदिएजस्तो गरे पनि निकटस्थहरू टाढिएजस्तो अनुभूति भएको छ।
राधिका हमाल, लोकदोहोरी गायिका
- यो वर्ष गीतमा नयाँ-नयाँ प्रयोग गर्नेछु। तीजका गीत धेरै गाएँ, यसपटक छानेर स्तरीय गीत मात्र गाउनेछु।
- मैले पहिलेदेखि नै असहाय बालबालिकाहरूलाई सहयोग गर्दै आएकी छु, यो वर्ष पनि सहयोगको क्रमलाई निरन्तरता दिनेछु।
- भोकल क्लास बीचमै छुटेको छ, यो वर्ष फेरि सुरु गर्नेछु।
रिमा विश्वकर्मा, नायिका
- इन्टरनेटलाई भन्दा बढी साथीहरूलाई समय दिनेछु। दुई वर्षयता साथीहरूको निरन्तर गुनासो सुनेकी छु, त्यसैले सकेसम्म साथीभाइ र परिवारलाई समय दिन्छु।
- मानिसको जीवन प्रगतिशील हुनुपर्छ, हरेक वर्ष नयाँ कुरा सिक्नुपर्छ भनेर केही सिक्दै आएकी छु, यो वर्ष ड्राइभिङ सिक्नेछु। क्लासिकल डान्सको कोर्स पनि गर्नेछु।
- गत वर्ष अत्यधिक काम गरे, कामकै कारण आफ्ना लागि समय दिन सकिन्, यो वर्ष आफूलाई खुसी पार्ने काम गर्छु, कतै घुम्न निस्कने मन पनि छ।
प्रशान्त ताम्राकार, मोडल/कोरियोग्राफर
- साप्ताहिकसँगको सहकार्यमा पपैया ग्लाम हन्टलाई सफल रूपमा सम्पन्न गर्नेछु। यो इभेन्टलाई नेपाली फेसन इन्डस्टीको आइकनका रूपमा स्थापित गर्ने प्रयास छ।
- मेरो कोरियोग्राफीको २० औं वर्ष हो। त्यसैले यो शुभयात्राका क्रममा केही महत्वपूर्ण काम गर्दैछु। मेरो एन्टकोर स्टुडियोमार्फत युवाहरूलाई लक्षित गरेर प्रोफेसनल स्किल डेभलपमेन्ट सेमिनार चलाउँछु।
- यो वर्ष मैले अभिनय गरेका तीन चलचित्र सार्वजनिक हँुदैछन्। मुखौटा र टाटा बाइबाईको प्रवर्द्धन नयाँ वर्षसँगै प्रारम्भ हुनेछ। फिल्मी करियरलाई अझ बलियोसँग स्थापित गर्नेछु।
हेमा मानन्धर, इभेन्ट अर्गनाइजर
- आर्थिक रूपमा कमजोर बालबालिकालाई अध्ययनका निम्ति वातावरण निर्माण गरिदिन आर्थिक सहयोग गर्नेछु।
- साथीभाइहरूले धेरै रिसाउँछे भन्छन्, यो वर्षदेखि कम रिसाउनेछु।
- विगतका गल्तीहरूबाट सिकेर आगामी दिनहरूमा राम्रो मात्र गर्ने प्रयास गर्नेछु।
पार्वती राई, मोडल/डान्सर
- यो वर्ष नृत्यविधामा फरक एवं सिर्जनात्मक क्षमता प्रदर्शन गर्नेछु। कुशल नृत्यांगनाका रूपमा आफूलाई स्थापित गर्न अझ अभ्यास गर्नेछु।
- मलाई आफ्नै जातीय विषयको चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्ने इच्छा छ, त्यसका लागि तयारी पनि भैरहेको छ। उक्त चलचित्रको निर्देशनका लागि भूषण दाहाल वा आलोक नेम्वाङसँग कुरा गर्नेछु। मलाई उहाँहरूसँग काम गर्ने इच्छा छ।
- म भगवान्मा आस्था राख्छु। भगवान्ले तिमी सोच म पुर्याउँछु भन्छन्, त्यसैले नयाँ क्षेत्रमा पनि आफूलाई उभ्याउने प्रयासमा लाग्नेछु।
सञ्जय गुप्ता, आरजे/ मोडल
- आफूलाई स्वस्थ राख्दै शारीरिक रूपमा चुस्त देखिने कुरामा विशेष ध्यान दिनेछु। शरीरको ख्याल राख्नेछु।
- भ्रमण मेरो रुचिको विषय हो, त्यसैले यो वर्ष नेपालभित्र र नेपालबाहिरका एक-एक स्थान घुम्न जानेछु।
- मेरा खराब बानी र संगत त्यागेर वर्ष ०७१ देखि सकारात्मक सोचका साथ काम गर्नेछु। सामाजिक सेवाका क्षेत्रमा पनि केही गर्ने इच्छा छ।
केकी अधिकारी, नायिका
- फेसबुकले एकदमै समय नष्ट गरिरहेको अनुभूति भएको छ, त्यसैले यो वर्षदेखि सक्दो कम फेसबुक चलाउँछु।
- यो वर्षदेखि मेरो अध्ययन गर्ने बानी पनि सुधार्नु छ। पहिले-पहिले निकै पुस्तक अध्ययन गर्थें, तर बीचमा कम भएको छ, त्यो बानी फेरि बसाउनु छ।
- मैले भर्खरै एमबीए पूरा गरें, अब पूर्ण रूपमा करियरमा केन्दि्रत हुनेछु।
घिमिरे युवराज रंगकर्मी, निर्देशक
- न्यूनतम दुईवटा नयाँ नाटक निर्देशन गर्नेछु, एउटा नाटक आफैं लेख्छु अर्को कुनै सर्जकको लिनेछु।
- यो वर्ष एउटा लामो यात्रामा निस्कनेछु। त्यो सम्भवतः नेपालबाहिरको यात्रा हुनेछ।
- राज्यलाई गाली गरेर वा अरूको कुरा काटेर बस्दिनँ।
रञ्जित आचार्य, विज्ञापन व्यवसायी
- संकल्प गर्ने बानी त छैन, तर पनि गत वर्ष मैले १५ हजार नेपाली युवामा सकारात्मक सोच विकास गर्ने लक्ष्य लिएर अभियान चलाएको थिएँ। आफ्नै खर्चमा विभिन्न स्थानमा पुगेर उक्त कार्यक्रम सम्पन्न गरें। यो अभियान १३ हजारमाझ पुग्यो। आगामी वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिनेछु।
- गत वर्ष हिन्दी गीतको एल्बम सार्वजनिक गरेको थिएँ। यो वर्ष मेरो रचनामा सकारात्मक सोचका गीतहरूको सन्देशमूलक एल्बम सार्वजनिक गर्नेछु।
- सांगीतिक प्रतिभा जन्माउने रियालिटी शो 'नेपाली तारा' दुई सिजन सफल रूपमा सम्पन्न भएर त्यसपछि स्थगित भयो, यो वर्ष नेपाली तारा-३ लाई पुनः सञ्चालन गर्नेछौं। त्यसका लागि प्रायोजकहरूसँग कुराकानी भैसकेको छ।
आश्मा डिसी, भिजे
- छिटो रिसाउने बानी छ। आगामी वर्षदेखि यो बानी पूर्ण रूपमा हटाउँछु।
- उत्कृष्ट टेलिभिजन कार्यक्रम बनाउँछु। टुहुरा बालबालिकासम्बन्धी संस्थ्ााहरूमार्फत सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहनेछु।
- परिवार एवं आफ्नाहरूलाई सकेसम्म बढी समय दिनेछु।
सीताराम पोखरेल, गायक
- २०७१ सालमा गीतिसंग्रह सम्मान-२ सार्वजनिक गर्नेछु।
- मन अझै तरुनो छ, त्यसैले यसलाई तरुणै कायम राख्छु।
- सामाजिक सेवाको क्षेत्रमा पनि क्रियाशीलता बढाएको छु। आगामी वर्ष सामाजिक क्षेत्रमा अझ महत्त्वपूर्ण काम गर्छु।
सुमित मैनाली, व्यवसायी
- वि.सं. २०७१ मा मेरो मल्टिप्लेक्स चलचित्र भवन सुरु हुँदैछ। यसलाई नेपालकै उत्कृष्ट चलचित्र भवनका रूपमा स्थापित गर्न पहल गर्नेछु। यस्तै आफ्नो गाइफार्मलाई उत्पादनमुखी बनाउँदैछु।
- कृषिबाट आएको आम्दानीको एक हिस्सा कुनै सामाजिक संस्थामार्फत समाजसेवामा लगाउनेछु, विशेष गरी कृषकहरूकै हितमा।
- फिटकिरीपछि २०७१ सालभित्र एउटा राम्रो चलचित्र बनाउनेछु। जुन चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा नेपालको परिचयलाई अझ प्रगाढ बनाओस् भन्ने चाहना छ।
सौगात मल्ल, नायक
- राम्रा चलचित्रमा अभिनय गर्न मन छ, आशा गरौं त्यो इच्छा यो वर्ष पूरा हुनेछ। दर्शकलाई स्तरीय चलचित्र दिन आफ्ना तर्फबाट सक्दो योगदान दिनेछु।
- अन्तर्राष्ट्रिय स्तरका चलचित्र सकेसम्म धेरै हेर्नेछु। त्यस्तै पुस्तक अध्ययनका लागि पनि पर्याप्त समय निकाल्नेछु।
- सम्भव भएसम्म नाटकमा अभिनय गर्नेछु। थिएटरका लागि विशेष समय छुट्याउनेछु।
सागर थापा, कप्तान, राष्ट्रिय फुटबल टिम
- वर्ष २०७० मा म आबद्ध भएको मनाङ-मस्र्याङ्दी क्लब लिगविजेता भयो। वि.सं. २०७१ मा पनि मनाङलाई लिग च्याम्पियन बनाउनेछु। टिमलाई चुस्त-दुरुस्त राख्न विशेष ध्यान दिनेछु।
- राष्ट्रिय फुटबल टिमलाई अझ सशक्त बनाई अन्तर्राष्ट्रिय स्तरमा हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न ध्यान दिनेछु। अन्तर्राष्ट्रिय खेलमा नेपाली फुटबलरहरूलाई धेरैभन्दा धेरै एक्सपोजर दिने प्रयासमा लाग्नेछु।
- लिग विजेताका रूपमा मनाङ-मस्र्याङ्दी क्लबले यो वर्ष अन्तर्राष्ट्रिय महत्वको प्रेसिडेन्ट कप खेल्नेछ। प्रेसिडेन्ट कपमा क्वालिफाइड भएर कप आफ्नो हातमा पार्ने लक्ष्य छ। यो वर्ष केही फुर्सद हुने भएकाले परिवारलाई पनि पर्याप्त समय दिनेछु।

0 comments
Write Down Your Responses