साहुजीको डरले नेताहरुको भागाभाग
बैशाख, काठमाडौं । वाइसीएल र अखिल क्रान्तिकारीका सम्मेलन, नेतृत्व चयन नगरी लथालिंग भए जस्तै माउ पार्टी एमाओवादीको आसन्न राष्ट्रिय सम्मेलन पनि नेताहरुको विवादको शिकार हुने भएको छ । केही नेताहरुले अब पार्टी बिघटनको डिलमा पुगेको भन्दै सम्मेलन गराउन माग गरेका छन् । वाइसीएल र क्रान्तिकारीको भद्रगोल चरित्रले २०७१ वैशाख १८ गतेदेखि पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन स्थगित हुने चित्रण गरेकेा एमाओवादी एक पूर्वपोलिटव्युरो सदस्यले बताए ।
उनका अनुसार पार्टीभित्रको आन्तरिक
समीकरणमा कमजोर रहेका नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ खुलेरै
सम्मेलन स्थगित गराउन लागेका छन् ।
बारा, पर्सा, रौतहटलगायतका करिब ८ वटा
जिल्लामा जिल्ला कमिटीको बैठक नै बस्न सक्ने अवस्था नरहेको नेताहरुको भनाइ छ
। त्यसमा हुम्ला, सोलुखुम्बु लगायतका हिमाली जिल्लामा सम्मेलन गर्न सकिने
वातावरण नभएको बताइएको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ ।
सदस्यता नवीरकण भएन
एमाओवादीका अधिकांश नेता कार्यकताएहरुले
पार्टी सदस्यता नवीकरण गरेका छैनन् । केही कार्यकर्ताहरुले खुलेआम फेसबुक
वाल र ट्वीटमा पार्टी सदस्यता नवीकरण नगरको लेखेका छन् । केहीले त
कम्युनिष्ट पार्टीप्रति नै घृणा जागेको भन्दै पार्टी सदस्यता नवीकरण
नगरेकोमा गर्व महसुस भएको उल्लेख गरेका छन् ।
गत वर्ष भएको राष्ट्रिय महाधिवेसनमा करिब
तीन लाख ५० हजार पार्टी सदस्यले सदस्यता नवीकरण गरेको उल्लेख गरिएको थियो ।
अहिले १ लाख ५० हजारले पनि सदस्यता नवीकरण नगरेको नेताहरुको भनाई छ ।
0 comments
Write Down Your Responses