पिनय बन्न डिग्री पासले दिए अन्तर्वार्ता

काठमाडौं । नेपाल आयल निगमले हालै खुलाएको श्रेणीविहीन कार्यालय सहयोगी -पियन) पदका लागि स्नातकोत्तर उर्त्तीण गरेको व्यक्तिले समेत आवेदन दिएर अन्तर्वार्तामा सामेल भएका छन् ।
मुलुकमा बढ्दै गएको शैक्षिक बेरोजगारीको भयावह अवस्थाका कारण दुई विषयमा स्नातकोत्तर उर्त्तीण गरेकाले समेत एकवर्षे करार जागिरका लागि अन्र्तवार्ता दिएका हुन् । यसरी अन्तर्वार्ता दिनेमा अधिकांश स्नातकोत्तर उर्त्तीण गरेका र स्नातक तह अध्ययन गर्दै गरेका छन् । जागिरका लागि चारैतिर भौंतारिदा पनि कतै आफ्नौ योग्यताको जागिर नपाएपछि पियनै पदका लागि भए पनि अन्तर्वाता दिनेको भीडमा लागेको राजधानी दैनिकमा खबर छ ।
निगमका अनुसार पियन पदका लागि स्नातकोत्तर पास गरेका तीनजनाले अन्तर्वार्ता दिएका छन् भने तीमध्येका एकले त दुई विषयमा स्नातकोत्तर गरिसकेका छन् ।
१० जना पियन पदका लागि अन्तर्वार्तामा सहभागी भएका ५ सय ५६ मध्ये अधिकांशले स्नातक पास गरिसकेका छन् । जबकि पियनका लागि साधारण लेखपढ गर्न जान्ने व्यक्ति योग्य मानिन्छ ।
आयल निगमले मागेको पियनको अन्तर्वार्ता दिएर निस्किएका स्नातकोत्तर गरेका एक युवकले भने, ‘पढेर मात्र के गर्नु, कतै रोजगारीको अवसर छैन, यसमा नाम निस्कियो भने कम्तीमा रोजगार त भइन्छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.