यी हुन् सिरियल खेलेरै करोडपति बनेका सुन्दरीहरु
बलिउडका नायिकाहरुले सिनेमा खेलेरै करोडौ सम्पत्ति जोडेको त सबैलाई थाहा छ । तर, चलेका कलाकारले सानो पर्दाका सिरियल खेलेर पनि करोडौ कमाउन सक्छन् ।
भारतीय टेलिभिजनबाट प्रशारण हुने चर्चित सिरियलका महिला पात्रहरुले एक भागबाटै लाख बढि कमाउँछन् भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । हामीले यहाँ सिरियलबाट लाखौं रुपैयाँ कमाउने महिला पात्रहरुलाई प्रस्तुत गरेका छौं । यहाँ उल्लेखित रकम भारतीय रुपैयाँमा हो ।
१.अंकिता लोखन्डेः हिरो सुसान राजपुतकी प्रेमिका समेत रहेकी अंकिता सिरियलमा सबैभन्दा चर्चित मानिन्छिन् । ‘पवित्रा रिश्ता’ सिरियलमा काम गरेवापत उनले एक भागको ९० हजार देखि डेढ लाखसम्म लिने गरेकी छिन् ।
२.साक्षी तनवारः ‘बढे अच्छे लकते हे’ जस्तो चर्चित सिरियलमा काम गरेकी साक्षी तनवारले एक भागको ८० हजार पारिश्रमिक लिने गरेकी छिन् । उनी सिरियलमा बुहारीको भूमिकामा निक्कै चर्चित मानिन्छिन् ।
३.दृष्टी धामीः ‘झलक दिखलाजा’ जस्तो चर्चित रियालिटी शो समेत जितेकी यि कलाकारले यतिबेला ‘मधुवाला’मा काम गरिरहेकी छिन् । उनले महिनामा मधुवालाका लागि २० भाग छायाङकन गर्छिन् । उनले एक भागको ६० हजार लिने गरेकी छिन् ।
४.स्वेता तिवारीः सिरियलमा चर्चित नाम मध्ये एक हो, स्वेता तिवारी । ‘कसौटी जिन्दगीकी’ जस्तो चर्चित सिरियलमा काम गरेकी स्वेताले हाल एक भागको ६० हजार लिने गरेकी छिन् ।
५.हिना खानः ‘ए रिस्ता क्या कहेलाते’ जस्तो चर्चित सिरियलमा काम गरिरहेकी हिना खानले एक भागको ४५ हजार लिने गरेकी छिन् ।
६. सनाया इरानीः ‘रङरसिया’ सिरियलमा काम गरेर चर्चामा रहेकी कलाकार सनाया इरानीले एक भागको ४० हजार पारिश्रमिक लिन्छिन् । सानो पर्दाका लागि सनाया एक सफल नाम हो ।
७. रश्मी देसाईः ‘उत्तरन’ जस्तो हिट सिरियल खेल्ने कलाकार रश्मी देसाइको पारिश्रमिक पनि निक्कै महंगो छ । उनी एक भागको ५५ हजार पारिश्रमिक लिने गर्छिन् ।
८. टिना दत्तः टिना दत्तले ‘उत्तरनमा काम गरिरहेकी छिन् । जुन सिरियलमा काम गरेवापत्त उनी ४५ हजार चार्ज गर्छिन् ।
९. एभिका गोरः १६ बर्षको उमेरमा नै ‘बालिका वधु’मा काम गरेकी एभिका हाल ‘ससुराल सिमरको’मा व्यस्त छिन् । उनले एक भागको २५ हजार पारिश्रमिक लिने गरेको बताइन्छ ।
१०. दीपिका सिंहः ‘दीया और बाती हम’ सिरियल यतिबेला चर्चामा छ । यसको टीआरपी पनि उच्च रहेको बताइन्छ । यही सिरियलकी चर्चित कलाकार दीपिका सिंहले एक भागको २० देखि ३० हजार पारिश्रमिक लिने गर्छिन् ।
0 comments
Write Down Your Responses