कता हराए सिनले बजार तताउने यी हट नायिका ?

निर्देशक उकेश दाहालले २ वटा एडल्ट सिनेमा बनाए । जहाँ उनको कामको भन्दा पनि सिनेमामा दुई सुन्दर अभिनेत्रीहरुले दिएको दृश्यले चर्चा पायो । उकेशले डेब्यू निर्देशन गरेको चलचित्र ‘पलपलमा’ चलेन, तर अभिनेत्री सुजाता सिटौलाको भने खुबै चर्चा भयो । सुजाताले नायक रमित ढुंगानासँग दिएका केही गरमागरम दृश्यले सिने बजार हल्लियो । बिशेषगरी सुजाताको नाङ्गो ढाड र त्यसमा खोपिएको ट्याटुले खुबै चर्चा पाएको थियो । निर्देशक दाहालले पनि यसलाई चलचित्र प्रचारको दरिलो खुराक बनाए ।

यस्तै यसै बर्ष प्रदर्शनमा आएको चलचित्र ‘किन किन’मा उकेशले नयाँ कलाकार भित्राए । नायक राजेश हमालसँग गरमागरम दृश्य दिने कलाकार थिइन्, अरुणिमा लामा । अरुणिमाले चलचित्रमा न्यूड सिन समेत दिइन् । ‘किन किन’को प्रचारमा अरुणिमाको नाङ्गो शरीरलाई खुबै प्रयोग गरियो । सिनेमा फ्लबसँगै न अरुणिमा चलिन्, न उनलाई सिने नगरीले नै फेरि दोहोर्‍याउने प्रयास गर्‍यो ।

‘पलपलमा’ निर्माणको समयमा नेपालमा यस्ता दृश्यहरु जिब्रो टोक्ने खालका हुन्थे । तर ‘किन किन’सम्म आइपुग्दा अश्लिल सिनेमाको बाढी नै लाग्यो । सुजाता नेपालमै छिन् भने अरुणिमा साउथ अफि्रकामा छिन् ।

अनलाइनखबरसँगको कुराकानीमा सुजाताले आफूलाई ईच्छा नलागेर काम नगरेको बताइन् । भल्गर सिनेमाबाट अफर धेरै आएपनि काम गर्न मन नलागेर टाढा भएको उनको भनाई छ । उनले सिनेमाको प्रचारमा आफ्नो बारेमा नकारात्मक सन्देश गएको बताइन् । सुजाता आफूलाई हिरोइन भन्दा पनि डान्सर भन्न रुचाउँछिन् । सिनेमा चल्दा धेरैले एडल्ट सिनेमाको हिरोइन भनेर चर्चा गर्दा अरुणिमा केही चिन्तित पनि थिइन् ।

 यता निर्देशक उकेश दाहाल आफूले भित्राएका दुबै कलाकार कम सिनेमा खेल्ने सोचाइले आएको बताउँछन् । ‘दुबै जना ग्ल्यामर भूमिकामा केही फरक गरौ भन्ने सोचाई राख्छन्’, उकेशले भने, ‘मैले दुबै जनालाई प्रचारमा केही दुरुपयोग गरेको छैन ।’ उनले समाज र प्रवाहा हुने सन्देशले नै साथ नदिएकाले दुबै चलचित्र असफल भएको बताए ।

नेपाली सिने बजारमा यतिबेला यस्ता खालका सिनेमाहरुको बाढी नै लागेको छ । तर ‘पलपलमा’ र ‘किन किन’ खेलेर अत्याधिक चर्चा पाएका दुई कलाकार भने सिनेमा नगरीबाट नै टाढा जस्तो देखिएका छन् ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.