विन्डोज एक्सपी बन्द हुँदा नेपाली उपभोक्ता कति प्रभावित ?

माइक्रोसफ्टले १२ बर्षसम्म प्रयोगमा रहेको अपरेटिङ सिस्टम ‘विन्डोज एक्सपी’ मंगलबारदेखि बन्द गरेको छ ।

सन् २०१० यता एक्सपी अपरेटिङ सिस्टम चल्ने कम्प्युटर नबनाएको माइक्रोसफ्टले विन्डोज ७ र ८ लगायतका पछिल्ला अपरेटिङ सिस्टममा आफ्ना प्रयोगकर्तालाई अपग्रेड गर्ने उदेश्यसहित पुरानो अपरेटिङ सिस्टमको सपोर्ट बन्द गरेको हो ।

अनुसन्धान संस्था गार्टनरका अनुसार अझै पनि बिश्वभर करिव २५ प्रतिशत कम्प्युटरमा एक्सपी चलिरहेको छ र प्रयोगकर्ताहरु सिस्टम अपग्रेड गर्न त्यति उत्साहित छैनन् ।

माइक्रोसफ्टले एक्सपीलाई अनलाइन सपोर्ट बन्द गर्दै अपग्रेडका लागि बाध्य पार्ने नीति लिएका बेला बिश्वभरका धेरै प्रयोगकर्ता चिन्तित छन– कतै चलिरहेको कम्प्युटरमा समस्या आउने त हैन ?

नेपालमा पनि एक्सपी प्रयोगकर्ताको निकै धेरै छन । तर, अधिकांश नेपाली प्रयोगकर्तालाई माइक्रोसफ्टको यो निर्णयले कुनै असर पार्दैन ।

नेपालमा आम उपभोक्ताले प्रयोग गर्ने माइक्रोसफ्ट एक्सपी ‘पाइरेटेड’ अर्थात चोरीको हो । त्यही कारण नेपालमा प्रयोग गर्ने कम्प्युटर सस्तो मूल्यमा पाइन्छन । चोरी सफ्टवेयर प्रयोग गर्ने भएकाले नेपाली उपभोक्ताहरुले पहिलेदेखि नै माइक्रोसफ्टको अनलाइन सर्पोट प्राप्त गर्न महत्वपूर्ण परिवर्तनहरु अनलाइन अपडेट गर्न सम्भव थिएन ।

नेपालभित्रै केही बहुराष्ट्रिय कम्पनीमा भने आधिकारिकरुपमा किनिएका एक्सपी संचालित छन् । त्यस्ता ग्राहकले माइक्रोसफ्टको अनलाइन सपोर्टमा गई अपग्रेड गर्न सक्छन । यदि तपाई नेपाल बाहिर हुनुहुन्छ र नेपालमै आधिकारिकरुपमा किनिएका एक्सपी चलाइरहनुभएको छ भने अनलाइन अपग्रेडको सुबिधा लिन सक्नुहुन्छ ।

अब पनि तपाई विन्डोज एक्सपी नै चलाईरहन चाहानुहुन्छ भने तपाईलाई खासै ठूलो समस्या भने पर्दैन् । माइक्रोसफ्टले एक्सपीका लागि नयाँ डेभलपमेन्टको काम नगर्ने भएकाले कुनै ठूलो सुरक्षा समस्या आउँदा तपाईले सपोर्ट नपाउन सक्नुहुन्छ । ह्याकरहरुले कुनै छिद्र पत्ता लगाएर तपाईको कम्प्युटरका महत्वपूर्ण दस्तावेज हात पार्न सक्छन् । यसअघि माइक्रोसफ्टले ती समस्या तुरुन्तै समाधान गर्दथ्यो । अब त्यस्तो हुने छैन् ।

यदि तपाईको कम्प्युटरमा पाइरेटेड भर्सन चलिरहेको छ भने एक्सपी बन्द हुनु र नहुनुले तपाईलाई कुनै असर पार्दैन् । तर, सधैभरि ख्याल गर्नुपर्ने कुरा के हो भने हरेक दिनजसो आउने नयाँ–नयाँ सफ्टवेयरले पुरानो अपरेटिङ सिस्टममा राम्रोसँग काम नगर्ने हुँदा सकेसम्म पछिल्ला अपडेटेड भर्सनहरु प्रयोग गर्नु राम्रो हो– चाहे त्यो कम्प्युटर होस् वा मोबाइल अपरेटिङ सिस्टम ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.