हतियार उठाउने माओवादी अध्यक्ष बैद्यको चेतावनी
नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आवश्यकता परे आफ्नो पार्टीले
फेरि पनि हतियार उठाउन सक्ने चेतावनी दिएका छन् । माओवादी पर्साको दोश्रो
जिल्ला सम्मेलनको उदघाटन समारोहमा बैद्यले आफूहरु शान्ति प्रकृया र संविधान
निर्माण प्रकृयाबाट बाहिर राख्ने षडयन्त्र भइरहेको बताए ।
सर्वोच्च
अदालतले द्वन्द्वकालीन मुद्दाहरु ब्यूँत्याएर मुलुकलाई फेरि द्वन्द्वतर्फ
धकेल्ने काम गरेको भन्दै उनले आफुहरु जनविद्रोहको तयारीमा लागेको बताए ।
वामपन्थी शक्तिहरु बिचको एकतामा जोड दिएका उनले नयाँ जनवादी क्रान्तिको
लागि तयार रहन कार्यकर्ताहरुलाइ निर्देशन पनि दिए ।
एमाओवादीमा आएको बिचलनकै कारण
संविधानसभाको निर्वाचनमा यथास्थितीवादी शक्तिहरु कांग्रेस र एमाले हावी
भएको उनको टिप्पणी छ । मधेश मुक्तिका लागि पहाडिया विस्तारवादविरुद्ध सशक्त
आन्दोलन जरुरी रहेको बैद्यको भनाइ थियो ।
यसअघि सिमरा विमानस्थलमा
सञ्चारकर्मीहरुसंग कुरा गर्दै वैद्य किरणले अहिले एमाओवादीसँग पार्टी
एकताको सम्भावना नभएको बताउएका थिए । पार्टी एकताका विषयमा कुनै प्रगति
नभएको समेत उनले बताए ।
0 comments
Write Down Your Responses