प्रेमीको ‘पुरुषत्व’ काट्ने डाक्टर १२ बर्षपछि समातिइन्
बिबाह हुन तीन दिनमात्र बाँकी रहँदा कुनै प्रेमीले धोका दिए भने प्रेमिकाको हालत के होला ?
ब्राजिलकी एक महिलाले यस्तै धोकाको सामना गरेपछि बदला लिन गम्भिर अपराधको सहारा लिएका छिन् ।
३४
बर्षीया मारियम क्याष्ट्रोले अन्तिम समयमा आएर धोका दिने ती पुरुषको
‘पुरुषत्व’ नै समाप्त गरिदिने निधो गरिन् । उनले एक गिरोहलाई पैसा दिएर
उनलाई अपहरण गर्न लगाई लिंग काटिदिइन् ।
सन् २००२ मा यस्तो अपराध गरेर फरार रहेकी ती महिला १२ बर्षपछि हालै पक्राउ परेकी छिन् ।
बेलायती पत्रिका मिररका अनुसार ती महिला
पेशाले चिकित्सक हुन र ब्राजिलको धनी परिवारकी सदस्य । प्रेमीलाई सजायँ
दिएपछि उनी भागेर साओपाओलो गएर बसेकी थिइन जहाँ उनले चिकित्सकको कामलाई
निरन्तरता दिइन् । सन् २०१२ मा उनले घरजम पनि गरिन् ।
उनी त्यहाँ आनन्दको जीवन बिताइरहेकी थिइन् । बेलाबेला आरामदायी गन्तब्यहरुमा घुम्न पनि जान्थिन् ।
तर, उनलाई प्रहरीले गत मंगलबार पक्राउ गर्यो । पक्राउ गरेर ब्राजिलको राजधानी ल्याइएकी उनलाई अदालतसमक्ष हाजिर गराइयो ।
उनले भाडामा लगाएका गुण्डाले दिएको बयानका
आधारमा उनलाई ६ बर्षको कैद फैसला सुनाइएको छ । उनले ती गुण्डालाई प्रेमीको
कार तोडफोड गर्न र घरमा आगो लगाइदिन पनि भनेकी थिइन् ।
0 comments
Write Down Your Responses