समलिङ्गी बिबादमा मोजिला सीईओले पद गुमाए

फायर फक्स ब्राउजरका लागि चिनिएको कम्पनी मोजिलाका सीईओले समलैंगिक विवादका कारण आफ्नो पद छाड्नु परेको छ । ब्रेन्डन एरिक गत महिना मात्र सीईओमा नियुक्त भएका थिए । तर, समलिंगी विवाहबारे आफ्नो विचारका कारण उनी छिट्टै विवादमा तानिए ।
मोजिला कार्यकारिणी कमिटीका अध्यक्ष मिशेल बेकरले एक ब्लगमा यो निर्णय घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘हामीलाई थाहा छ कि मानिसहरुलाई किन ठेस पुग्छ । उनीहरु आफ्नो ठाउँमा सही छन् । यस्तो यस कारण भयो कि हामी इमान्दारितापूर्वक आफ्नो पक्षमा रहन सकेनौं ।’ मोजिलाबाट अपेक्षा गरिएजस्तो व्यवहार गर्न नसकेको उनले बताएका छ ।
राजीनामासँगै एरिक मोजिला फाउण्डेसनको बोर्डबाट पनि अलग भएका छन् । यो एक गैरलाभकारी संस्था हो ।
माजिलाका सहसंस्थापक एवं जाभा स्क्रिस्ट बनाउने एरिकले २००८ मा क्यालिफोर्नियामा समलैंगिक विरोधी कानुन बनाउने प्रस्तावको समर्थनमा १ हजार डलर अनुदान दिएका थिए । सुरुमा पास भएको यो कानून २०१३ मा अमेरिकी सुप्रिम कोर्टले खारेज गरेको छ ।
जब २४ मार्चमा एरिकको नियुक्तिको घोषणा भयो, प्रयोगकर्ताहरुले समाजिक संजालहरुमा आक्रोस पोखे । मोजिलाका उच्च अधिकारीहरुले पनि आवाज उठाए । बोर्डका तीन सदस्यले राजीनामा दिए । यद्यपि मोजिलाले यससँग विवादको कुनै सम्वन्ध नभएको दावी गर्दै आएको छ ।
तर, विरोधको सबैभन्दा ठूलो आक्रमण डेटिङ वेबसाइट ओकेक्यूपिडबाट भयो । प्रयोगकर्ताले यो वेबसाइटमा मोजिला फायरफक्स ब्राउजरबाट सर्फिङ गरे त्यहाँ सन्देश आउँथ्यो–मोजिला, फायरफक्स प्रयोगकर्तालाई स्वागत छ । ओकेक्यूपिडमा अवरोधका लागि खेद छ ।’
यसको अर्थ मोजिलाका सीईओ ब्रेन्डेन एरिकले समलिंगी जोडीलाई बराबरी अधिकारको विरोध गरे । यसैले हामी चाहन्छौं कि हाम्रो प्रयोगकर्ताहरु ओकेक्यूपीड खोल्न मोजिला सफ्टवेयर प्रयोग नगर्नु होला ।’
मोजिलाले सुरुमा एरिकको नियुक्तिको बचाउ गरेको थियो । तर, पछि उनले माफी मागेको बतायो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.