रमेश खरेललाई महेश बस्नेतको चुनौती- बालकृष्णलाई पक्रेर देखाऊ
काठमाडौं
। एमालेसम्वद्ध युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादी नेता
बालकृष्ण ढुंगेललाई पक्राउ गरेर देखाउन काठमाडौं प्रहरी प्रमुख रमेश
खरेललाई चुनौती दिएका छन् ।
तेस्रो
पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न बनेपामा आयोजित पत्रकार सम्मेलनमा
बस्नेतले भने-’भूपू होइन अहिलेका गुण्डाहरुलाई समाप्नुपर्यो । हिम्मत भए
बालकृष्ण ढुंगेललाई समातेर देखाऊ ।’
काठमाडौं प्रहरी प्रमुख खरेलविरुद्ध
आक्रमक रुपमा प्रस्तुत भएका बस्नेतले खरेलले बर्दी लगाएर राजनीति गर्न
खोजेको आरोप लगाए । ‘प्रहरी अधिकृतले मलाई फलानो फलानो मनपर्छ भनेर
अन्ँतर्वार्ता दिँदै हिड्न मिल्छ ? खरेल प्रहरीको बर्दी लगाएर राजनीति गर्न
खोज्दैछन् ।’
खरेलले आफू हिरो हुन अरुलाई दुःख दिएको भन्दै उनले केन्द्रीय सदस्य अमित लामालाई तत्काल रिहा गर्न माग गरे ।
यसअघि युवा संघको बैठक उद्घाटनका क्रममा
एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री वामदेव गौतमले खरेल सेलीब्रेटी बन्न
खोजेको आरोप लगाएका थिए । आफू गृहमन्त्री भएपछि भेट्नसम्म नआएको भन्दै
गौतमले खरेलले पक्राउ गर्ने र २/३ दिन थुनेर छाड्ने गरेको भन्दै आलोचना
गरेका थिए ।
0 comments
Write Down Your Responses